नियम २२
मतदान केन्द्रको क्षेत्र तोक्ने
मतदान अधिकृतले मतदान केन्द्र रहेको ठाउँको चारैतिर साधारणतया तीन सय मिटरसम्मको क्षेत्रलाई चारकिल्ला तोकी मतदान केन्द्रको क्षेत्र घोषित गर्नेछ र त्यसको सूचना सर्वसाधारणले देख्ने गरी मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ ।